२९ भाद्र २०८१ १०:३५
२९ भाद्र २०८१ १०:३५
धनगढीः सुदूरपश्चिममा चालु आर्थिक सुरु भएयता बाढी र पहिरोका ४७ घटना घटेका छन्। पहिरो र ३७ र बाढी १० गरेर ४७ घटना घटेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ। पहिरोमा परेर ५ महिला र एक पुरुषको मृत्यु भइसकेको छ। ८ महिला र ८ पुरुष गरी १६ जना घाइते भएका छन्। पहिरोबाट एक सय २ परिवार प्रभावित बन्न पुगेका छन्। पहिरोका कारण ६ घर आंशिक र ५ घर पूर्ण क्षति भएको सो विवरणमा उल्लेख छ। पहिरोकै कारण ३ कोठ भत्किएर ३१ पशुचौपायामा क्षति पुगेको छ। यसबाट २ लाख २५ मुल्यको भौतिक क्षति पुगेको समेत पाइएको छ। त्यस्तै बाढीबाट एक महिलाको मृत्यु…