Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
खेलकुद - धनगढी न्यूज

धनगढी न्यूज

खेलकुद

Nexu Corner द्धारा फ्रि फायर प्रतियोगिता आयोजना गरिदै

Nexu Corner द्धारा फ्रि फायर प्रतियोगिता आयोजना गरिदै

Nexu Corner ले प्रविधिमैत्री खेल फ्रि फायरको प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज १९ गते शनिवार बिहानको ठिक १० बजे प्रतियोगिता संचालन हुने नेक्सु कर्नरले जनाएको छ । नजिकिदै गरेको महान चाड बडादशैँको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको Nexu Corner का संस्थापक जैनुल अल जफर सिद्धिकीले बताए । प्रतियोगितामा कक्षा ८ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका विजेताहरु मध्ये पहिलोलाई रु. तीन हजार नगद सहित सर्टिफिकेट तथा टफी , दोस्रोलाई रु. दुर्ई हजार सहित सर्टिफिकेट , तेस्रोलाई रु. एक हजार सहित सर्टिफिकेट तथा सर्वाधिक मूल्यवान खेलाडीलाई एक हजार तथा मेडल प्रदान गरिने सिद्धिकीले…
Read More
धनगढी एफसी र कैलाली जिल्ला फुटबल संघवीच समझदारी पत्रमा हस्ताक्षर

धनगढी एफसी र कैलाली जिल्ला फुटबल संघवीच समझदारी पत्रमा हस्ताक्षर

धनगढी एफसी युवा एकेडेमीका लागि कैलाली जिल्ला फुटबल संघ सँग आधिकारिक रूपमा समझदारी पत्र(MOU)मा हस्ताक्षर सम्पन्न भएको छ । धनगढी लगायत सिंगो सुदूर पश्चिम प्रदेश क्षेत्रमा युवा फुटबल प्रतिभा फस्टाउनका लागि सहकार्य गरिने गरि एउटा महत्वपूर्ण कदमको सुरुवात भएको आज आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले जानकारी गराए ।"हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा, विशेष गरी नेपाल सुपर लिग (NSL) मार्फत धनगढी एफसी द्वारा खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्नका लागि अवसरहरू प्रदान गर्ने लक्ष्य राख्छौं। "उनले भने ।   फुटबल जगतमा नव प्रतिभा जन्माउने उद्देश्य राखेको उक्त प्राजेक्टको लक्ष्य १४ वर्ष र सो भन्दा मुनिका युवाहरूको प्रतिभा विकासमा केन्द्रित…
Read More
प्रथम करन उमेश स्मृति खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

प्रथम करन उमेश स्मृति खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा प्रथम करन उमेश स्मृति खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । क्लबले पहिलो पल्ट यही असोज १ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । पशुपति टोल , वडा नं. १ , धनगढीको महोत्सव लाग्ने मैदानमा उक्त प्रतियोगिता सम्पन्न हुनेछ । खेलाडीको उमेर , जिल्ला तथा प्रदेश नतोकिएको सो प्रतियोगितामा जुनसुकै नेपाली खेलाडीको टिमले भाग लिन पाउनेछन् । प्रतियोगितामा टिम वा क्लब दर्ता गर्ने अन्तिम म्याद यही भाद्र २८ गतेसम्म मात्र रहेको आयोजकले जनाएको छ । प्रवेश शुल्क ५ हजार ५ सय तोकिएको सो प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कारस्वरुप नगद रु. ८० हजार…
Read More
एनपिएलको लोगो र मिति सार्वजनिक

एनपिएलको लोगो र मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ । क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट‌ नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका थिए। एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गते सम्म हुने कार्यक्रममा घोषणा गरिएको थियो। क्यानका सचिव पारस खड्काले घरेलु ‌क्रिकेटको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे । उनले एनपिएलले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै…
Read More
हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो

हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो

काठमाडौं (हाम्रो खेलकुद)- भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणका‌ लागि छनोट भएको छ। दशरथ रंगशालामा मंगलवार नेपालको चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै पारो समूह चरणमा पुगेको हो। पारोको जितमा किंगा वाङचुक र विलियम ओकोपोले गोल गरे। लाकेन लिम्बुको गोल सान्त्वना गोलमा सिमित बन्यो। खेलको ३९औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो। मोजेजको हेडर पासमा क्लोज रेन्जबाट लाकेन लिम्बुको ट्याप इन गोलमा परिणत भयो। तर यो अग्रता एक मिनेट पनि टिक्न सकेन। गोल भएर रिलिज भएकै बलमा चर्च ब्वाइजका दीप कार्कीले मिस गरेको बलमा किंगा वाङचुकले खाली पोष्टमा गोल गरे। पहिले हाफ एक-एक गोलको बराबरीमा सकियो। खेलको ६७औं मिनेटमा पारोले…
Read More
ओलम्पिकमा अमेरिका र चीनको रोचक लडाइँ

ओलम्पिकमा अमेरिका र चीनको रोचक लडाइँ

पेरिस ओलम्पिक २०२४ चीन र अमेरिकाबीचको तीव्र प्रतिस्पर्धाका साथ आइतबार सकिने भएको छ। दुई साता लामो यो खेल महोत्सवमा १३ स्पर्धा बाँकी रहँदा चीन एक स्वर्ण पदकले अगाडि छ। यद्यपि, अमेरिकालाई थुप्रै स्पर्धामा दाबेदार मानिए पनि फाइनलमा अप्रत्याशित पराजयले चीनलाई स्वर्णमा अगाडि पुर्‍याएको हो। अन्तिम दिनका खेलहरूमा अमेरिका कुस्ती, महिला भलिबल, र महिला बास्केटबलको फाइनलमा पुगेको छ भने चीनले भारोत्तोलनमा प्रतिस्पर्धा गर्दैछ। शनिबारसम्म चीनले ३९ र अमेरिकाले ३८ स्वर्ण पदक जितेका छन्, जसले टोकियो ओलम्पिकको सम्झना दिलाएको छ। अमेरिकी एथलेटिक्समा उल्लेखनीय प्रदर्शनहरू भए पनि केही चुनौतिहरू पनि देखिए। सिड्नी म्याकगाउलेनले ४०० मिटर हर्डल्समा विश्व कीर्तिमान बनाइन् भने नोआ लायल्सले २००…
Read More
“भारतले जित्यो काभा भलिबल नेसन्स लिग, नेपाल स्तब्ध”

“भारतले जित्यो काभा भलिबल नेसन्स लिग, नेपाल स्तब्ध”

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ। घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ। कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक जोड्यो। तर बलियो प्रतिद्वन्द्वी भारतले केहि बेरमै ३-३ को बराबरीमा पुर्यायो। अंक जोड्ने होडबाजी दुवै टिमको थियो। नेपाललाई भरपुर दर्शकको साथ थियो। ब्लकमा मजबुत भारतले नेपाललाई चुनौती दिदै १८-१४ को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिएको भारतले २३-२० को अग्रता बनाउँदा भारत पहिलो सेटको जित…
Read More
ग्लोबल टी-२० लिग : कप्तान रोहितको टिम ५२ रनमा अलआउट

ग्लोबल टी-२० लिग : कप्तान रोहितको टिम ५२ रनमा अलआउट

काठमाडौं – क्यानडाको ग्लोबल टी–२० लिग अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले ११.१ ओभरमा अलआउट हुँदा मात्र ५२ रन बनाएको थियो । टस जितेर सुरुमा फिल्ड रोजेको मोन्ट्रियल टाइगर्सका बलरसामू टोरोन्टोका कुनै पनि ब्यासम्यान टिक्न सकेनन् । उसका लागि जतिन्द्रपाल मथारुले १२ रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसकेका हुन् । टोरोन्टोलाई सस्तैमा समेट्न मोन्ट्रियलका लागि कलीम सानाले तीन ओभर बलिङ गर्दा १३ रन खर्चिएर चार विकेट लिए भने अजमातुल्लाह उमरजाई चार ओभर बलिङ गर्दै तीन विकेट लिए…
Read More
ओलम्पिकको शीर्ष स्थानका लागि अमेरिका र चीनको लडाइँ

ओलम्पिकको शीर्ष स्थानका लागि अमेरिका र चीनको लडाइँ

पेरिस ओलम्पिकमा शीर्ष स्थानका लागि अमेरिका र चीन बिचको प्रतिस्पर्धात्मक लडाइँ जारी छ। शनिबारको खेल सकिँदा चीन १६ स्वर्ण पदकका साथ पहिलो स्थानमा छ भने अमेरिका १४ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ। शनिबार अमेरिकी टोलीलाई केही धक्का भने लागेको छ। सेन्ट लुसियाकी जुलियन अलफ्रेडले अमेरिकी साकारी रिचर्डसनलाई स्तब्ध पार्दै यो वर्षको तेज महिला बनेकी छिन्। सो स्पर्धामा अमेरिकी मेलिसा जेफरसन दोस्रो स्थानमा सीमित भइन्। अलफ्रेड लेन्ट लुसियाको पहिलो ओलम्पिक पदक विजेता हुन्। सेन्ट लुसिया दुई लाख भन्दा कम जनसङ्ख्या भएको क्यारेबियन टापु हो। यस भन्दा अघिको सात ओलम्पिक संस्करणमा सेन्ट लुसियाले कुनै पदक जितेको थिएन। उनले आफ्नो दिवङ्गत बाबुले…
Read More
श्रीलंकाले सुपर ओभरमा ३ रनको लक्ष्य दिए, भारतले एक बलमै जित्यो!

श्रीलंकाले सुपर ओभरमा ३ रनको लक्ष्य दिए, भारतले एक बलमै जित्यो!

काठमाडौं – श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारतले रोचक जित निकालेको छ। यसअघि सिरिजका दुई खेल जितिसकेको भारतविरुद्ध शानदार प्रदर्शन गरेको श्रीलंका अन्तिम खेलमा सुपर ओभरमा पराजित भएको हो। टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेटको क्षतिमा १३७ रन बनाउँदै खेल सुपर ओभरमा धकेलेको हो। सुपर ओभरमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाएर भारतलाई मात्र तीन रनको लक्ष्य दियो। उसका लागि कुसल मेन्डिसले दुई बलमा एक रन जोडे भने कुसल परेरा, पथुम निसानका शून्यमै आउट भए। अर्को एक रन वाइड पाएको श्रीलंकाले मात्र दुई रन जोडेको हो।…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल