Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
१० श्रावण २०८१ २१:२४ - धनगढी न्यूज

धनगढी न्यूज

Day: १० श्रावण २०८१ २१:२४

सुदूरपश्चिममा साबिकका मन्त्रालय पुनः स्थापित, नयाँ जिम्मेवारी तोकियो

सुदूरपश्चिममा साबिकका मन्त्रालय पुनः स्थापित, नयाँ जिम्मेवारी तोकियो

सुदूरपश्चिम प्रदेश प्रमुखले साबिककै मन्त्रालय कायम गरेर जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख मियाँले साबिककै मन्त्रालय कायम गरी ६ जना मन्त्रीको जिम्मेवारी तोकेका हुन । जसअनुसार अक्कल बहादुर रावललाई आर्थिक मामिला मन्त्रालय, कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, टिका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ओम विक्रम भाटलाई सामाजिक विकास मन्त्रालय र माया पन्तलाई उद्योग पर्यटक वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि नेकपा एमाले सहितको सरकारमा भागबन्डा मिलाउन असार १४ गते ४ मन्त्रालय फुटाएर कुल ९ मन्त्रालय कायम गरिएको थियो । भौतिक पूर्वाधार विकास…
Read More
सौर्यका पाइलटले डाक्टरलाई भने- सय फिट उडेपछि जहाज उड्न नसकेर अड्कियो

सौर्यका पाइलटले डाक्टरलाई भने- सय फिट उडेपछि जहाज उड्न नसकेर अड्कियो

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य हुँदै गएको जनाएको छ । काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो । घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ । उक्त दुर्घटनामा परेका क्याप्टेन शाक्यलाई उद्धार गरिएपछि अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ ।   के भने पाइलट शाक्यले?  यसैबीच…
Read More
सुदूरपश्चिम र छाउ अनुभूति

सुदूरपश्चिम र छाउ अनुभूति

पुष्पा शर्मा - छाउ गोठ एक अनुभव तर फरक अनि रमाइलो साउनको मुसलधारे पानी परेको छ म सोच्दै छु यो झरीमा केन्द्रका मिडियामा सुदूररका दूर बस्तीका गोठमा रात बिताएकी कुनै नारीको व्यथा र कथा अथवा छाउ गोठको चर्चा किन चलेको छैन ? बर्षभरी सेलाएर किन पुष माघमा मात्र चर्चा हुन्छ ?  साउन भदौको मुसलधारे झरीमा पनि त चुहिन्छ होला छाउ गोठ ? चैत वैशाखको हावाहुरीले पनि त उडाउछ होला गोठ ? खरले छाएको गोठको छानो त्यति बेला किन चर्चा पाउदैन होला ? म सम्झन्छु उच्च शिक्षा अध्ययन गर्ने उदेश्यले काठमाडौ पसेकी मलाई घर कता नि ? बोली त पश्चिमको जस्तो…
Read More
धनगढीकी “चियावाली” एसपिएकी आशिका

धनगढीकी “चियावाली” एसपिएकी आशिका

एसपिए कलेज धनगढीमा कक्षा १२ मा अध्ययनरत आशिका ओलीले पढाइको अलावा बेलुकीको समयमा घुम्ती रुपमा चिया बेच्न थालेकी छिन् । बेलुकीपख मानिसको भिड हुने ठाउँ विशेषगरी धनगढी उत्तरबेहडीस्थित शिवपुरीधाम क्षेत्र तथा बसपार्क क्षेत्रमा ओली चिया बेच्दै गरेकी भेटिन्छिन् । अहिलेका विद्यार्थी सानो काम पनि गर्न नमान्ने , अल्छि गर्ने , सानो भएको महसुस गर्ने जस्ता भावले ग्रस्त भएको बेला आशिकाको यो कार्यले सबैलाई प्रेरणा मिल्न जाने उनका परिवार तथा छिमेकीहरु बताउँछन् । उनी भन्छिन् , "सानै उमेरबाट स्वनिर्भर हुने उपाय स्वरुप केही सीप तथा कार्यमा संलग्न भएमा त्यसले पछिसम्म पनि फाइदा गर्नेछ भन्ने आशा लिएकी छु ।" देशमा केही छैन…
Read More
आठ विद्यालयमा न्यून विद्यार्थी

आठ विद्यालयमा न्यून विद्यार्थी

हुम्ला, साउन १० गते  । उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको हो । नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बुढाले आफ्नो गाउँपालिकामा पच्चीस भन्दा कम विद्यार्थीहरू भएको विद्यालय सङ्ख्या आठ वटा रहेको बताउनुभयो । उक्त गाउँपालिकामा जम्मा चौध वटा विद्यालयहरू रहेका छन् । उहाँले बर्सेनि विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको बताउँदै यसो हुनुमा माथिल्लो कक्षा चढ्ने बित्तिकै विद्यार्थीहरूले विद्यालय छोड्दा यो अवस्था आएको बताउनुभयो । यो सङ्ख्या इसिममा प्रविष्टि गरेको विवरणमा देखिए पनि वास्तव मै…
Read More
सुदूरपश्चिम प्रदेशमा बजेट अभावको अवस्था

सुदूरपश्चिम प्रदेशमा बजेट अभावको अवस्था

एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ। प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि बजेट शून्यता भएको हो। बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व सङ्कलन र खर्च ठप्प छ। सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, नेकपा ९एमाले०ले  समय छँदै बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गरेको र अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको आरोप विपक्षीले लगाउँदै आएका छन्। मुख्यमन्त्री सोडारी भने प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्। मुख्यमन्त्री विश्वासको मत लिने मनस्थितिमा रहेका उनका…
Read More
छ वर्षको अनुसन्धानमा निर्मला पन्त हत्या प्रकरण: नतिजाविहीन महँगो प्रयास

छ वर्षको अनुसन्धानमा निर्मला पन्त हत्या प्रकरण: नतिजाविहीन महँगो प्रयास

१० साउन, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । गृह प्रशासन ‘अनुसन्धान जारी छ, अत्यन्त नजिक पुगेका छौं’ भन्ने रेडिमेट जवाफमा सीमित छ । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त-१८ का १५ वर्षीय सनी खुनाको ज्यानै…
Read More
“ईन्जिनियर पन्तकी आमाको असामयिक निधन: विश्व हिन्दु परिषद धनगढीमा शोक”

“ईन्जिनियर पन्तकी आमाको असामयिक निधन: विश्व हिन्दु परिषद धनगढीमा शोक”

धनगढीः विश्व हिन्दु परिषद धनगढीका अध्यक्ष ईन्जिनियर महेन्दराज पन्त र ईन्द्रराज पन्तकी आमाको निधन भएको छ। धनगढी उपमहानगरपालिका-५ हसनपुरका ईन्जिनियर पन्तकी आमा ९० वर्षीया नर्वदा देवी पन्तको आज निधन भएको हो। उनको शव यात्रा एकताटोल हसनपुरबाट आज दिउँसो १ बजे त्रिवेणाी घाटका लागि हुने पारिवारिक स्रोतले जनाएको छ।  
Read More
पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको…
Read More
वैदेशिक रोजगारीमा गएका एक वर्षमा १३४६ जनाको ज्यान गुम्यो

वैदेशिक रोजगारीमा गएका एक वर्षमा १३४६ जनाको ज्यान गुम्यो

काठमाडौँ, साउन १० गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु कुण्डमा होमिन पुगेका छन् । तथ्याङ्क अनुसार…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल