Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
आज यी स्थानमा भारी वर्षा हुने - धनगढी न्यूज

धनगढी न्यूज

आज यी स्थानमा भारी वर्षा हुने

Advertisement

काठमाडौं। हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कहाँ कति पानी पर्‍यो?

पछिल्लो २४ घन्टामा गण्डकी र कोशी प्रदेशका केही भू—भागमा भारी वर्षा भएको छ। लमजुङको घरेढुंगामा पछिल्लो २४ घन्टामा १२८.६ मिलिमिटर वर्षा भएको छ।

मनसुनी वायुका प्रभावले कोशी प्रदेशका अधिकांश भू—भागमा भारी वर्षा भएको छ। त्यहाँ यसपालि औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण पनि गरिएको छ। सुनसरीको चतरामा पछिल्लो २४ घन्टामा १२५.८, धरानमा ११५.८, मोरङको लेटाङमा १३१.४, मोरङको हरैँचामा १०८.८, इलामको सोक्तिम चिया बगान क्षेत्रमा १२० मिलिमिटर वर्षा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल