जिम्मेवारीले मान्छे कति चोटि हार्छ,
यही त हो एउटा कारण ,
जसले मान्छेको हरेक इच्छालाई मार्छ
देश छोडी विदेशीनु पर्ने कारण चाहना हैन,
जिम्मेवारी कर्तव्य हो,कुनै बाहाना हैन,
आफ्नो माटो, आफ्नै घर, सबैलाई याद आउँछ,
तर जिम्मेवारीले मान्छे, टाढा जान बाध्य बनाउँछ
मन त हो, कहिलेकाँही अल्झिन्छ,विगतका सम्झनामा,
तर जिम्मेवारीले फेरि, ल्याउँछ भविष्यका योजनामा,
मिहेनत र पसिनाले, जिम्मेवारीको बाटो खनिन्छ,
जिम्मेवारीको भारीले, नयाँ सपनाको महल बनिन्छ
परदेशको
बाटोमा, अनेकौं चुनौती आउँछ,
तर पनि परिवारको मायाले हरेक पललाई सजाउँछ!!!
– प्रतिभा नाथ
धनगढी , कैलाली