Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
व्यक्ति, समूह, संस्थालाई बजेट विनियोजन नगर्ने मुख्यमन्त्री शाहको भनाई - धनगढी न्यूज

धनगढी न्यूज

व्यक्ति, समूह, संस्थालाई बजेट विनियोजन नगर्ने मुख्यमन्त्री शाहको भनाई

Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्ति, समूह, संस्थालाई बजेट विनियोजन नगर्ने बताएका छन्।

धनगढी स्थित मुख्यमन्त्री निवासको सभाहलमा आजं (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारबाट बजेट तोकेर  व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारी आदिलाई नियोजन नगरिने बताएका हुन्।

सरकार बजेट निर्माणका बाँकी प्रक्रियाहरू पूरा गर्न प्रदेश सभामा छलफलका लागि बजेट तथा कार्यक्रम पेश गर्दै सबै प्रदेशसभा सदस्यको सहमतिमा प्रक्रियागत ढंगले अगाडि बढ्न प्रतिबद्ध रहेको उनले बताए।

बजेट निर्माणका सन्दर्भमा प्रदेश सरकार सबै क्षेत्रका सम्बद्ध व्यक्ति, दल र नागरिक समाजसँग संवाद र छलफल गरिरहेको बताए ।  विभिन्न क्षेत्रबाट प्राप्त सुझाव साथै विषेश गरी गठबन्धन दलको सहमतिमा वार्षिक विकास कार्यक्रम (बजेट) सुदूरपश्चिम प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्माण गर्ने शाहले बताए ।

प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमका लागि २५ लाखभन्दा माथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने उनको भनाइ छ। प्रदेश सरकारले आवश्यकता र औचित्यका आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्ययोजनासहित सशर्त अनुदानको रूपमा स्थानिय तहलाई वित्तीय हस्तान्तरण गर्ने मुख्यमन्त्री शाहले जानकारी दिए।

प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारी आदिलाई बजेट विनियोजन तोकेर नगरिने उनले बताए । भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अवलम्वन गरी सुशासन, जनमुखी र जनउत्तरदायी तथा आम सुदूरपश्चिमवासीको विकास र समृद्धिप्रति सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ छ।


प्रदेशको विकास, समृद्धि, सुशासन प्रर्वद्धन, भ्रष्टाचार नियन्त्रणका साथै योजना छनौट र बजेट विनियोजनका सन्दर्भमा आवश्य सल्लाह सुझाव दिन पनि शाहले सम्पुुर्णमा अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल