Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
कैलालीमा पानीको वहाव बढेपछि हुलाकी सडक खण्ड भत्कियो - धनगढी न्यूज

धनगढी न्यूज

कैलालीमा पानीको वहाव बढेपछि हुलाकी सडक खण्ड भत्कियो

Advertisement

धनगढीः कैलालीमा वर्षाका कारण पानीको वहाव बढ्दै गएपछि हुलाकी सडक खण्ड भत्किएको छ।

जिल्लाको कैलारी गाँउपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडकखण्डमा पानीको वहाव बढेपछि सडकको केही केही भाग भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पानीको तहत सडकमाथि पुगेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो। अहिले ७ वटा सवारी साधन समेत जाममा परेका छन्।

सो स्थानमा बिआपि खोनपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गान्धीपराज स्याङताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएको छ।


बस्ती नै डुबानमा
अबिरल वर्षाका कारण कटैनि नदीको वहाव बढेपछि कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर वस्तीमा २४ घरधुरी डुबानमा परेका छन्। सो बस्तीका १२६ मध्ये १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा बस्न बाध्य भएका छन्। साथै ५ घरधुरीका १० जनालाई स्थानान्त्रण गरेर ५ नम्बर वडा कार्यालयमा राखिएको छ। अहिले पानीको वहाव घट्दै गएको प्रहरीले जनाएको छ। १० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर बस्ने ४० वर्षीया आसिदेवी चौधरी, ५० वर्षीया समली चौधरी, ५५ वर्षीया सितलदेवी चौधरी, ६८ वर्षी सान्ताराम चौधरी र ७० वर्षीय टीकाराम चौधरीलाई सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै ५१ वर्षीय रामजशनी चौधरी, ९ वर्षीय रुनम चौधरी, १० वर्षीय साहिल चौधरी, ७० वर्षीया सुरनी चौधरी र ७१ वर्षीय कोल्ला चौधरीलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।


एक सय बढी घर डुबानमा
वर्षाका कारण कैलालीमा एक सय बढी घर डुबानमा परेका छन्।  बुधबार जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेका छन्। जिल्लाको कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन्।

पालिकाका विपद फोकल पर्सन भुवन बखरियाका अनुसार वडा नम्बर ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका छन्। त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नम्बर ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रका पनि दर्जनौँ घर डुबानमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल