Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
बाढीबाट डेढ हजार परिवार प्रभावित - धनगढी न्यूज

धनगढी न्यूज

बाढीबाट डेढ हजार परिवार प्रभावित

Advertisement

धनगढी, भदौ ६ गते । कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ ।

मोहना, कटैनी, पथरैया, कान्द्रा, घुरहा लगायतका नदीमा आएको बाढीले करिब पाँच सय घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । डुबानबाट एक हजार सात सयभन्दा बढी परिवार प्रभावित भएको उहाँले जानकारी दिनुभयो । प्रभावितमध्ये कैलारी गाउँपालिका –५ बन्दरगौढीको पाँच परिवारका १० जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

पानी पर्न नरोकिएकाले नदीमा पानीको बहाव बढ्ने क्रम अझ नरोकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मोहनाका सहायक नदीसहित कुलरिया, कान्द्रा, घुरहा नदीमा आकस्मिक बाढी र होचो भूभागमा थप डुबानको जोखिम रहेको भन्दै जल तथा मौसमविज्ञान विभाग कार्यालयले उच्च सतर्कता अपनाउन सचेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल