धनगढी न्यूज

सुदूर पश्चिम गायन तथा नृत्य प्रतियोगिता हुदै

Advertisement

सुदूर पश्चिम प्रदेशका विभिन्न प्रतिभालाई समेट्ने ध्येयले कला तपाईको मञ्च हाम्रो भन्ने नाराका साथ वृहत गायन तथा नृत्य प्रतियोगिता सम्पन्न हुने भएको छ ।  डिम्स इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको उक्त गायन तथा नृत्य प्रतियोगिताको लागि विभिन्न मिति र स्थानमा अडिसन समेत तोकिएको आयोजकले बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा अडिसन हुने स्थानहरु राखिएका छन् ।

जस अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा असोज १२ गते डि स्टार डान्स स्टुडियो , असोज १४ गते कैलालीको लम्कीमा लम्की पाहुना घर एण्ड लज , असोज १५ गते सुखडको घोडाघोडी क्याम्पस , अजोज १६ गते डडेल्धुराको तुफानडाँडा स्थित क्याम्ब्रीज पब्लिक स्कुल , अडिसन स्थल तोकिएका छन् ।  यसैगरी असोज १८ गते डोटीको दिपायल सिलगढी स्थित दिपायल एकेडेमी , असोज २० गते अछामको साँफेस्थित किन्डर गार्डेन एकेडेमी , असोज २१ गते कैलालीको अत्तरियास्थित लोटस आई सेकण्डरी स्कुल र असोज २२ गते कैलालीको धनगढीस्थित त्रिनगर मा.वि.मा अडिसन सम्पन्न हुनेछन्  ।

May be an image of text

यसैगरी नृत्य तर्फका विजेतालाई नगद पुरस्कार राशी रु. एक लाखका साथै आफूलाई मनपर्ने कलाकारसँग म्युजिक भिडियोको अवसर राखिएको छ भने नृत्यतर्फको उपविजेतालाई नगद रु. तीस हजार पुरस्कार एवम् म्युजिक भिडियो वा गीत रेकर्डिङ को व्यवस्था गरिएको छ ।  त्यसैगरी गायन तर्फका विजेतालाई नगद पुरस्कार राशी रु. एक लाखका साथै आफूलाई मनपर्ने गायक गायिकासँग गीत रेकर्डिङ तथा उपविजेतालाई नगद रु. बीस् हजार पुरस्कार एवम् म्युजिक भिडियो वा गीत रेकर्डिङ को व्यवस्था गरिएको छ ।

उक्त बृहत प्रतियोगिताको फाराम शुल्क रु. एक हजार तोकिएको आयोजकले जनाएको छ ।  सो प्रतियोगिता निसर्ग अस्पताल तथा रिसर्च सेन्टरको सहयोगमा सम्पन्न हुने जनाइएको छ भने मिडिया पार्टनरको रुपमा खबर एण्ड लाइभ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
वर्षातमा पानी , गर्मीमा पसिना चुहिन्छ , गरडा मा.वि. मा

वर्षातमा पानी , गर्मीमा पसिना चुहिन्छ , गरडा मा.वि. मा

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाबाट भौगोलिक रुपमा टाढा वडा नं. ६ मा पर्ने श्री गरडा मा.वि. बाँकूले ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल