Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
नेकपा सुदूरपश्चिम प्रदेश समितिद्वारा बौद्धिक अन्तरक्रिया सम्पन्न - धनगढी न्यूज

धनगढी न्यूज

नेकपा सुदूरपश्चिम प्रदेश समितिद्वारा बौद्धिक अन्तरक्रिया सम्पन्न

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले उत्पादन सहितको आत्मनिर्भर अर्थराजनीतिले मात्र देश समृद्ध हुनसक्ने बताएका छन्। पार्टीको सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित बौद्धिक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।विज्ञानको विकास, विचार र क्षेत्रीय समस्या विषयक अन्तरक्रिया कार्यक्रममा विचारधाराको अन्त्य र विकास शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दै इन्चार्ज भरत सीले विचारधाराको अन्त्य होइन बरू विकास हुने धारणा व्यक्त गरेका हुन्। गणतन्त्र घोषणाको प्ररम्भमा नयाँ आशा र उत्साहको उचाईमा पुगेको नेपाली समाज निराशाको चरम बिन्दुमा प्रवेश गरेपनि यसले विचारको सङ्कट र सम्भावनाको नयाँ ढोका खोलेको दाबी गरेका हुन्। उनले विज्ञान र प्रविधिमा भएको विकासलाई विचार र समाजविज्ञानका क्षेत्रमा पनि जोड्न आवश्यक रहेको बताए।

अन्तरक्रियामा विज्ञानका क्षेत्रमा आएको उछाल र विज्ञानसम्मत अर्थ राजनीति शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दै प्रस्तोता प्रयास सीले विज्ञान प्रविधिका क्षेत्रमा भएको अभूतपूर्व विकासले विचार र दर्शनको परिकल्पना प्रमाणित गरिरहेको बताए। विज्ञानको विकास अनिश्चयको क्षेत्रमा गइसकेको बताउँदै समाज विज्ञानमा पनि अनिश्चयको नियम लागु हुने दाबि गरे। श्रम, संघर्ष र अनुसन्धानको नयाँ नीतिले समाजविज्ञानको क्षेत्रमा नयाँ गति प्रदान गर्ने दाबी गरे ।

क्षेत्रीय असमानता र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै पोलिटब्युरो सदस्य रङ्गनाथ ढकालले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म पनि राज्यबाट असमानता र विभेद भोगिरहेको बताउँदै यसको अन्त्य गरिनुपर्ने बताए। शिक्षा, स्वास्थ्य देखि विकासबजेटमा सुदूरपश्चिमले भोगिरहेको विभेदका विरुद्ध संघर्ष गर्नुपर्ने र केन्द्रीय सत्ताले यसको क्षतिपूर्तिसहित न्याय दिनुपर्ने उनको माग थियो।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल हृदयरोग निवारण प्रतिष्ठानका प्रदेश सभापति डा.कृष्ण बहादुर बोहराले स्वास्थ्यविज्ञानका क्षेत्रमा ठुलो परिवर्तन भईसक्दा पनि सुदूरपश्चिमले यसको अनुभुति गर्न नपाएको गुनासो गरे। राष्ट्र, राष्ट्रियता र जनअधिकारका लागि स्वस्थ नागरिक आवश्यक हुने बताउँदै स्वस्थ रहन स्वस्थ मुटु रहनुपर्ने उनको भनाई थियो ।युवाहरू लागूऔषध, समय र प्रविधि दुरुपयोग गरिरहेको उल्लेख गर्दै युवाहरू सजक र सचेत हुनुपर्ने उनको भनाई थियो।

टिप्पणी गर्दै राष्ट्रिय कलेज सुखडका प्रमुख देवेन्द्र प्रसाईले सहि राजनीतिक विचारधाराले मात्र देशको नेतृत्व गर्न सक्ने बताए। समाजमा रहेका विकृत्ति नियन्त्रण गर्दै सामाजिक न्याय निरुपण गर्नु आजको आवश्यकता रहेको उनको भनाई थियो।

कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक अम्बिकेश्वर प्रसाद जोशीले सामाजिक रूपान्तरणको नेतृत्व गर्ने राजनीतिक दलहरू नै विकृत्तिको आहालमा डुब्दा नै जनतामा निराशा छाएको बताए। राजनीतिक क्रान्तिसँगै जनताको जीवनस्तर परिवर्तन हुननसक्दा सबै राजनीतिक पार्टी उस्तै रहेको धारणा जनतामा देखिएको उनको भनाई थियो।

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा.प्रेमसिहं भाटले सुदूरपश्चिमको समुचित विकास हुन नसक्नुमा जातीय ,लैङ्गिक विभेद र न्युन साक्षरता मुल समस्या रहेको बताए। नेपालमा आफ्नो भविष्यको सुरक्षा नदेखेकै कारण युवाहरू विदेशीरहेको बताउँदै सरकारले युवा रोक्नसक्नुपर्ने बताए। अन्तरक्रियाले त्यसतर्फ सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे।

कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक डा.राजेन्द्रविर चन्दले कार्यपत्रले विषयलाई निकै उचाइबाट प्रस्तुत गरेको बताए। यसलाई व्यवहारमा लागु गर्न चुनौति रहेको उल्लेख गर्दै लागु गर्न सके राष्ट्रिय उत्पादनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। के नेकपाले उत्पादन र स्वामित्व र वितरणमा नयाँ दार्शनिक धारणा दिन सक्छ भन्दै प्रश्न गरे। यो देशका युवा मात्र नभई ठुला राजनीतिज्ञ र प्रशासनिक नेतृत्वले पनि आफ्नो भविष्यको सुरक्षा नदेखेकै कारण भ्रष्टाचार बढिरहेको दाबी गरे।

नाष्ट क्याम्पसका निर्देशक प्राध्यापक शिवहरी मुडभरीले नेकपाले बन्द रहेका उद्योग, कलकारखाना खोल्न आन्दोलन गर्न आवश्यक रहेको बताए। नेपालको राज्सत्ताका दलाल र गद्दारहरूले युवाहरूलाई विदेश बेच्ने का मात्र गरेको बताए। देशमा आवश्यक युवाशक्तिलाई नयाँ-नयाँ सुविधा दिएर विदेश पठाएर राज्यसत्तामा लुट मच्चाइरहेको दाबी गरे।

सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले असंगत र अद्यावधिक नभएका विचार र अविश्वसनीय व्यवहारले निराशा सिर्जना गरेको कार्यपत्रमा उल्लेख भए पनि यसको निकास के हो भन्नेमा स्पष्ट पार्न आवश्यक रहेको बताए। नेपालको अर्थव्यवस्थामा स्वामित्वको प्रश्न गम्भीर रहेको बताउँदै जमिनको उपयोग नागरिकले गर्न पाउने स्वामित्व हस्तान्तरण गर्न नपाउने व्यवस्था आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ- संस्था र बुद्धिजीवीहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल