Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
ओपनएआईले ल्यायो ‘तार्किक क्षमतायुक्त’ नयाँ एआई मोडल, के हो यसको काम? - धनगढी न्यूज

धनगढी न्यूज

ओपनएआईले ल्यायो ‘तार्किक क्षमतायुक्त’ नयाँ एआई मोडल, के हो यसको काम?

Advertisement

अनलाइन च्याटबट च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईले बिहीबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नयाँ मोडल सार्वजनिक गरेको छ।

ओपनएआई ओ१ नामक नयाँ एआई प्रविधिमा आधारित उक्त मोडल तार्किक क्षमतायुक्त रहेको ओपनएआईले बताएको छ। ओ१ भन्दा सानो आकारको र सस्तो ओ१-मिनी नामक मोडल पनि एकै दिन सार्वजनिक भएको छ।

कम्पनीका अनुसार यी मोडलहरूले गणित, विज्ञान र कम्प्युटर कोड लेखन सम्बन्धी जटिल समस्याहरू समाधान गर्न सक्छन्।

‘हामीले यी मोडलहरूलाई जबाफ दिनुभन्दा पहिला मानिसले जस्तै समस्याको समाधानका बारेमा सोच्न धेरै समय खर्चिन सिकायौं। प्रशिक्षणद्वारा तिनीहरूले आफ्नो सोच्ने प्रक्रियालाई परिष्कृत गर्न, विभिन्न रणनीतिहरू प्रयोग गर्न र आफ्ना गल्तीहरूको पहिचान गर्न सिक्छन्,’ ओपनएआईले बिहीबार प्रकाशित एक ब्लग पोस्टमा भनेको छ।

ओपनएआईका याकुब पाहोच्कीका अनुसार च्याटजिपिटी जस्ता पहिलेका मोडलहरूलाई प्रश्न सोध्नेबित्तिकै जबाफ दिन थाल्छन्। तर यो मोडलले समय लिन सक्छ। यसले समस्या समाधानका बारेमा सोच्न सक्छ, समस्या छिमल्न सक्छ र सर्वोत्कृष्ट जबाफ दिन विभिन्न कोणको खोजी गर्न सक्छ।

द न्यूयोर्क टाइम्सका लागि गरिएको एक प्रदर्शनमा ओ१ ले पिएचडी स्तरको रसायन विज्ञानसम्बन्धी एक प्रश्नको जबाफ दिएको थियो। त्यस्तै, एक जना बिरामीका लक्षणहरू र उनको विगतको स्वास्थ्य अवस्था सम्बन्धी विस्तृत रिपोर्टका आधारमा रोगको पहिचान गरेको थियो।

गुगल र मेटा जस्ता कम्पनीहरूले पनि तार्किक क्षमताको प्रयोगद्वारा जटिल काम गर्न सक्ने यस्तै एआई प्रविधि विकास गरिरहेका छन्। उता माइक्रोसफ्ट र गिटहब ओपनएआईको नयाँ मोडललाई आफ्ना उत्पादनहरूमा समायोजन गर्न लागिपरेका छन्।

यी सबैको लक्ष्य भनेको यस्तो प्रविधि विकास गर्नु हो जसले मानिससरह तार्किक क्षमता प्रयोग गर्दै कुनै समस्यालाई साना साना भागमा टुक्र्याएर चरणबद्ध रूपमा समाधान गर्न सक्छ। यी प्रविधिहरू विशेष गरी कोड लेख्न एआई प्रयोग गर्ने कम्प्युटर प्रोग्रामरहरूका लागि उपयोगी हुन सक्छन्।

ओपनएआईका अनुसार ओ१ ले भौतिकशास्त्रीहरूलाई जटिल गणितीय सूत्र सिर्जना गर्न मद्दत गर्न सक्छ। त्यस्तै, चिकित्सा क्षेत्रका शोधकर्ताहरूका लागि पनि यो सहायक सिद्ध हुन सक्छ।

सन् २०२२ को अन्त्यतिर सार्वजनिक भएको च्याटजिपिटीले विकिपिडियाका लेख, पुस्तक र च्याट लगायत इन्टरनेटमा उपलब्ध सामग्रीहरूका आधारमा सिक्थ्यो। तर इन्टरनेटमा मिथ्या सूचना पनि प्रशस्त हुने भएकाले यसले कहिलेकाहीँ त्यस्ता मिथ्या सूचना पनि बारम्बार दोहोर्‍याउँथ्यो।

यस्ता त्रुटि कम गर्न ओपनएआईको नयाँ मोडललाई ‘रिइन्फोर्समेन्ट लर्निङ’ र ‘चेन अफ थट रिजनिङ’ नामक पद्धतिद्वारा प्रशिक्षण दिइएको छ। यो पद्धतिद्वारा कुनै मोडलले हप्तौं वा महिनौंसम्म विभिन्न तरिकाबाट समस्या समाधान पत्ता लगाउने प्रयास गर्छ र आफ्ना गल्तीहरूबाट सिक्दै पनि जान्छ।

उदाहरणका लागि, गणितका विभिन्न समस्याका समाधान खोज्ने क्रममा यसले कुन तरिकाबाट सही जबाफ पाइन्छ र कुनबाट पाइँदैन भन्ने सिक्न सक्छ। यो प्रक्रिया धेरै समस्याहरूमा दोहोर्‍याइयो भने यसले ढाँचाहरू पत्ता लगाउन सक्छ।

यस्तो प्रविधिले पूर्ण रूपमा मानिसले जस्तै तर्क गर्न भने सक्दैन।

ओपनएआईका प्रमुख अनुसन्धान अधिकृत बब म्याकग्रु यो मोडलले गल्ती गर्न सक्ने सम्भावना अझै पनि रहेको बताउँछन्।

ओपनएआईका अनुसार ओ१ ले केही परीक्षणहरूमा पहिलेका मोडलभन्दा धेरै राम्रो प्रदर्शन गरेको छ। जस्तै, अन्तर्राष्ट्रिय म्याथ ओलम्पियाडको एक छनौट परीक्षामा जिपिटी-४ओ ले १३ प्रतिशत अंक प्राप्त गरेको थियो। ओ१ ले ८३ प्रतिशत सही जबाफ दिएको थियो।

ओ१ सँग जटिल समस्या समाधान गर्ने तार्किक क्षमता रहेको दाबी त गरिएको छ तर यसले हाल इन्टरनेट ब्राउज गर्न भने सक्दैन। न फाइल र तस्बिरहरू अपलोड गर्न नै सक्छ। यसलाई हालै भएका विश्व घटना सम्बन्धी धेरै जानकारी पनि छैन। त्यसैले यो साधारण प्रयोगकर्ताभन्दा पनि वैज्ञानिक र प्रोग्रामरहरूका लागि बढी उपयोगी हुने बताइएको छ।

आफ्ना एआई मोडलको तार्किक क्षमता वृद्धि गर्ने उद्देश्यले ओपनएआई क्यु* नामक एक प्रोजेक्टमा काम गरिरहेको समाचार पहिलो पटक रोयटर्सले गत नोभेम्बरमा लेखेको थियो। गत जुलाईदेखि उक्त प्रोजेक्ट ओपनएआईभित्र ‘स्ट्रबेरी’ का नामले चिनिन थालेको थियो। तर पछि ओपनएआईले यस मोडलको नाम ओ१ राख्यो।

च्याटजिपिटी प्लस र टिम प्रयोगकर्ताहरूका लागि यो मोडल बिहीबारदेखि उपलब्ध हुन थालिसक्यो। च्याटजिपिटी इन्टरप्राइज र एडु प्रयोगकर्ताहरूका लागि भने यो अर्को हप्तादेखि उपलब्ध हुनेछ।

ओपनएआइले यो प्रविधि सफ्टवेयर डेभलपरका साथै आफ्नै एआई एप निर्माण गरिरहेका कम्पनीहरूलाई पनि बिक्री गर्नेछ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल