त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानको डीन छनौट समितिले एक सूचनामार्फत अल्पसूची सार्वजनिक गरेको छ । सावधिक पदमा नियुक्तिमा आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम इन्जिनियरिङ अध्ययन संस्थानको डीन पदका लागि विभिन्न आवेदन परेको थिए ।
जसमध्ये उक्त विनियम २०८१ को परिच्छेद २ को दफा ५ को उपदफा (ख) बमोजिमको अल्पसूची प्रकाशित गरिएको समितिले जनाएको छ । प्रस्तुती र अन्तवार्ताका लागि छनौट भएका उमेदवारहरुको वर्णानुक्रमानुसारको अल्पसूचीमा क्रमशः प्रा.डा. भोलानाथ शर्मा घिमिरे , प्रा.डा.लक्ष्मण पौडेल , प्रा.डा.संगीता सिंह , प्रा.डा. सुवर्ण शाक्य तथा प्रा.डा.सुशील बहादुर बज्राचार्य रहेका छन् ।
निजहरुको प्रस्तुती र अन्तर्वाता मिति २०८१ असोज ११ गते शुक्रबार बिहान ८ः०० बजे त्रि.वि. उपकुलपतिको कार्यालय , कीर्तिपुरमा हुने समेत जनाइएको छ ।