सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाबाट भौगोलिक रुपमा टाढा वडा नं. ६ मा पर्ने श्री गरडा मा.वि. बाँकूले जुनसुकै मौसममा पनि सास्ती खेप्नुपरेको छ । गर्मी मौसममा अत्याधिक गर्मीले विद्यार्थीहरु कक्षाकोठामा पसिनाले असिनपसिन भएर उकुसमुकुसमै पढ्न बाध्य छन् । विद्यालयमा होचो कक्षाकोठा , तथा कक्षाकोठामा विद्युत्तिकरण , पंखा जडान नभएको कारण प्रभावकारी शिक्षणसिकाइ एवम् निर्वाध रुपमा पढ्न पाउने अधिकारबाट नै बन्चित हुनु परेको छ ।
कक्षाकोठामा विद्युत्तिकरण , पंखा जडान गरिदिन पटकपटक सरोकारवाला निकायसमक्ष अनुरोध गर्दा समेत सुुनुवाई हुन सकेको छैन । यस कारणले परीक्षा समेत मौसमको अनुकुलता हेरेर सञ्चालन गर्नुपर्ने थप बाध्यता विद्यालयको रहेको छ । बेलाबेला विद्यालयको स्तरोन्नतिका भाषण र आश्वासन गरिएपनि कसैको ध्यान नपुगेको विद्यालयले जनाएको छ । साथै , यस पिडायुक्त समस्याको तत्काल समाधानका लागि विद्यालयले सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ ।