Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/edhangadhitimes.com/wp-includes/functions.php on line 6114
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते - धनगढी न्यूज

धनगढी न्यूज

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

Advertisement

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्।

ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बगरकोटस्थित सदरमुकामबाट पाल जाँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ४० वर्षीय एक जना घाइते भएका छन्। उनलाई उपचारको लागि धनगढी ल्याएको छ।

कैलालीको चुरे गाउँपालिका–३ सहजपुर बजारस्थित धनगढीबाट बझाङ जादै गरेको बसले बुडरबाट धनगढी आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा २२ वर्षीया एक महिलासहित २ जना घाइते भएका छन्। घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१८ डिपो बजार मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३० वर्षीय एक पुरुष र ४५ वर्षीया एक महिला घाइते भएका छन्।

घाइते दुबै जनालाई उपचारका लागि निसर्ग अस्पताल पठाइएको छ। गौरीगंगा नगरपालिका–१ चौमालामा पनि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले छाडा पशु चौपायालाई बचाउने क्रममा अनियन्त्रित भएर पल्टिदा ५८ वर्षीय एक पूरुष घाइते भएका छन्। घाइतेको लाइफ केयर क्लिनिक चौमालामा उपचार भइरहेको छ।

गौरीगंगा नगरपालिका–३ वासुदेवस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो क्रम गर्ने समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा २३ र ३५ वर्षीय २ जना घाइते भएका छन्। उनीहरुको पनि सोही क्लिनिकमा उपचार भइरहेको छ।दिनेश खबर बाट शाभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

कैलालीको अत्तरियामा ५० क्विन्टलको चिस्यान केन्द्र हस्तान्तरण

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका ...
कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल