धनगढी न्यूज

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Advertisement

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदामा विद्यार्थीहरु आ आफ्नो घर जाने भएकोले एकमुष्ट रुपमा सो कार्यक्रम राखिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए । कार्यक्रममा विद्यार्थीद्धारा विभिन्न भेषभूषा झल्किने नृत्य , गायन , गीत , गजल प्रस्तुत गरिएको थियो । यसैवीच युवाहरुको विदेश पलायनको विषय समेटिएको सन्देशमूलक नाटक समेत मञ्चन गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै क्याम्पसका प्राध्यापक डा. देवेन्द्र प्रसाद भट्टले संघारमै आइपुगेको वडादशैँ तथा दिपावली हाम्रा ठूला धार्मिक र पौराणिक महत्वका चाडबाड रहेको र यस्ता कार्यक्रमले संस्कृति झल्काउने गरेको बताउनुभयो । यस्तै , सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषदका उपाध्यक्ष भुवन विष्टले लामो चाडपर्व बिदाको पूर्वसन्ध्यामा हरेक वर्ष यस्तो शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गरेको र आज पनि त्यसैको निरन्तरता भएको जानकारी दिए ।

उक्त कार्यक्रममा उल्लेख्य रुपमा क्याम्पसका विद्यार्थी , प्राध्यापक तथा कर्मचारीको सहभागिता रहेको थियो । क्याम्पसको प्रांगणमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन पहिलो चरणमा निलम अधिकारी एवम् दीपक साउँद तथा दोस्रो चरणमा छत्रराज जोशी एवम् आशिका पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ। उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचा...
एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

एसपिए कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढीस्थित एसपिए कलेजमा वडादशैँ , दिपावली तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एक महिना बढी लामो बिदाम...
सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

सुदूरपश्चिममा एकैदिन आठवटा सवारी दुर्घटना, ११ जना घाइते

धनगढीः हिजो (सोमबार) साँझसम्म सुदूरपश्चिममा ८ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर ११ जना घाइते भएको प्...
वर्षातमा पानी , गर्मीमा पसिना चुहिन्छ , गरडा मा.वि. मा

वर्षातमा पानी , गर्मीमा पसिना चुहिन्छ , गरडा मा.वि. मा

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाबाट भौगोलिक रुपमा टाढा वडा नं. ६ मा पर्ने श्री गरडा मा.वि. बाँकूले ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल