गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले कृषि बजारका अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरण गरेका हुन् ।
कोल्ड स्डोर अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल नेपाल परियाजनाको आर्थिक सहयोगमा निर्माण भएको हो ।
आठ लाख १७ हजार ६९९ रुपियाँ तथा कृषि उपज थोक बजार समितिको एक लाख पचास हजार लगानिमा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो ।
गोदावारी नगरपालिकले तयार नेपाल सँग सम्नबय गरेर ५० क्विन्टल बराबरको कोल्ड स्टोर निर्माण गरेको हो । किसान तथा व्यापारीहरुलाई आफ्नो उपज वस्तुहरू भण्डारण गर्न धेरै दिनसम्म टिकाउन कृषि हाटबजार उपयुक्त रहेको हुँदा यस क्षेत्रमा निर्माण गरिएको गोदावरीका नगर प्रमुख बिरेन्द्र भट्ट ले बताए।
कृषि हाट बजार का अध्यक्ष नन्दलाल भट्टले कोल्ड स्टोरले यहाँका किसानलाई राहत मिल्ने बताए । कोल्ड स्टोर सञ्चालनका लागि समितिले कार्यविधी तयार पार्ने उनले बताए ।